नेपाली कांग्रेस सरकारमा सहभागी हुदै, साँझ ७ बजे सपथ लिने

लोकपाटी न्यूज

काठमाडौँ। नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुने भएको छ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र कांग्रेसबीच सरकारमा जाने सहमति भएको हो। दुवै पक्षबीच छलफल भएपछि कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन तयार भएको हो।

कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहमती भएको बताइएको छ। कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ।

कांग्रेस स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट मन्त्री हुनेहरुको सपथ आजै साँझ ७ बजेका लागि तय भएको छ। यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। कांग्रेसबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको नाम केही बेरमै टुंगो लाग्ने बताइएको छ। २०७४ को निर्वाचन पछि कांग्रेस पहिलो पटक प्रदेश सरकारमा सहभागी बन्न लागेको हो।

सत्तारुढ दल नेकपा एमाले र जनता समाजवादी पार्टीको आन्तरिक कलहका कारण कांग्रेसलाई सत्तामा जाने मौका मिलेको हो। जसपाका अध्यक्ष यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पक्षले सरकारबाट अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूहका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो। कांग्रेसबाट मन्त्री हुनेहरुलाई प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सपथ ग्रहण गराउनेछन्। कांग्रेसको सत्तारोहण यात्रा भने कर्णाली प्रदेशबाट शूरु भएको हो। कांग्रेस यही जेठ २३ मा कर्णाली प्रदेश सरकारमा सहभागी भैसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्