काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको संयुक्त संर्घषले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्ने टिप्पणी गरेका छन्।
‘भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ,’ भट्टराईले बुधवार सामाजिक सञ्जालमा लेखेका छन् ‘ओली प्रतिगमन विरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ।’ ओलीले कम्युनिस्टलाई बदनाम गरेको पनि उनले उल्लेख गरेका छन्।
‘ओलीले ‘कम्युनिस्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिस्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयाँ ढंगले सोचौं,’ भट्टराईले भनेका छन्।




लोकपाटी न्यूज

