काठमाडौं, १८ माघ । डा. गोविन्द केसीले आफ्नो अनशन कुनै पनि हालतमा नतोड्ने बताएका छन् ।
चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट बहुमतले पारित भएपछि डा. केसीले अनशन तोड्न सक्ने केहीले अनुमान गरेका थिए । यसैबीच बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीलाई अनशन तोड्न सुझाव दिएका थिए ।
उता डा. केसीले भने आफ्नो अनशनलाई नतोड्ने बताएका छन् । डा. केसीले आफ्नो अनशनलाई जारी राख्ने सुनाएको उनी निकटका जीवन क्षेत्रीले एक सञ्चारमाध्यमलाई बताए ।
सरकारले संवाद गरेर अघि बढ्नुपर्ने अवस्थामा अनशनविरुद्ध सरकारले प्रदर्शन गर्न लगाएको डा. केसीका एक सहयोगीले बताए ।



लाेकपाटी न्यूज

