३ सयले बढ्याे सुन, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौँ। स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुन ९३ हजार ६०० रुपैयाँ रहेको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजावी सुन ९३ हजार ३०० रहेको छ। यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ।

सोमबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार बढेर एक हजार ३५५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्