काठमाडौं। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। देउवा निवास बुढानीलकण्ठमा तीन नेताबीच अहिले छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार नेताहरूबीच प्रदेश-२ को मन्त्रिपरिषद् पुनर्गठन र आइतबार राति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल भइरहेको छ। प्रचण्ड र नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए।
यसअघि बिहान पनि माओवादी अध्यक्ष प्रचण्डले बुढानिकलण्ठ पुगेर देउवालाई भेटेका थिए। बिहान एमाले नेता नेपालसँग भेटेर दाहाल सिधै देउवालाई भेट्न पुगेका थिए। देउवासँगको छलफलपछि फेरि माओवादी र एमालेको नेपाल समूहका नेताहरू छलफल गर्ने तयारी भइरहेको माओवादी प्रवक्ता श्रेष्ठले जानकारी दिए।



लोकपाटी न्यूज

