३ सयले घट्याे सुनकाे मूल्य, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडाैँ। सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यसो त गत आइतबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएकोमा सोमबार यता चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्