सुनकाे बढ्नेक्रम जारी, आज ताेलकाे कति पुग्याे ?

लोकपाटी न्यूज

काठमाडाैँ। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ। सोही क्रममा आइतबार सुन तोलामा ९४ हजार १०० रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार बढेर ९४ हजार १०० रुपैयाँ पुगेको हो। यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्