काठमाडौं, १८ माघ । पूर्व राष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन् । उनी डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउन केसी अनसन बसेको स्थल शिक्षण अस्पताल जाने भएका हुन् ।
डा. यादव शुक्रबार दिउँसो ३ बजे डा. केसीलाई भेट्न अनसनस्थल जाने बताइएको छ । यसअघि डा. केसीको अनसनलाई ऐक्यवद्धता जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा काँग्रेस नेता गगन थापा बिहीबार अनसनस्थल पुगेका थिए ।
पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र शुशीला कार्की पनि डा केसीलाई भेटेर अनसनमा ऐक्यवद्धता जनाउँदै सरकारालाई डा. केसीको जीवनरक्षाका लागि माग गरेका थिए ।
डा. केसी अनसन बसेको २४ दिन भइसक्दा समेत सरकारले अहिलेसम्म अनसन तोडाउने कुनै पहलसमेत गरेको छैन । चिकित्सा शिक्षा विधेयकमा आमरण अनसनमा बसेकै बेलामा सरकारले भने चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरी राष्ट्रपतिलाई प्रमाणिकरणका लागि दिइसकेको छ ।



लाेकपाटी न्यूज

