हाम्रा मुद्दा सम्बोधनको प्रक्रिया सुरु भयो : ठाकुर

mahanta-thakur
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुका माग सम्बोधनको प्रक्रिया सुरु भएको बताएका छन्। शनिबार नवनियुक्त मन्त्रीलाई शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा ठाकुरले आन्दोलनका क्रममा जेल परेका साथीहरु पनि छुट्ने बताए।

‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ। जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिनु भएको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद विस्तार गरेका थिए।

ठाकुरले जनताको हितको पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशनसमेत दिए। सरकारलाई हेर्ने दृष्टिकोणमा दुई धार हुँदा जसपा विभाजनमा पुगेको छ। जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे।