इ-६ कारको मुल्य घट्याे, अबकाे मूल्य कति ?

लोकपाटी न्यूज

काठमाडाैँ। बिवाइडीले इलेक्ट्रीक कारको मुल्य घटेको छ। इ-६ कारको मुल्य १६ लाखले घटेको हो। ६६ लाख रुपैयाँमा विक्री हुँदै आएको इ-६ कार अब ५० लाखमा पाइने छ।

बिवाइडी इ-६ मा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ८० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री जडान गरिएको छ। यो सँगै कम्पनीले ७ सिट क्षमताको एम-३ को मूल्य २ लाखले घटाउँदै ४६ लाख, ५ सिट क्षमताको एम-३ को मूल्य ४३ लाख र २ सिट क्षमताको टी-३को मूल्य ९ लाख घटाउँदै ३८ लाख रुपैयाँ तोकेको छ।

गत वर्ष भन्सार र अन्तशुल्क बढेपछि नयाँ मूल्य नै तोक्न नसकेको बिवाइडीको आधिकारीक विक्रेता साइमेक्स इङ्कले यसपटक भने बजेट सार्वजनिक भएको केही दिनमै नयाँ मूल्य निकालेको हो।