काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरु सरकारमा गएको प्रति जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्। समाजिक सञ्जाल ट्विटरमार्फत उनले असन्तुष्टी ब्यक्त गरेका हुन्।
उनले ट्वीटरमा संबिधान जारी हुदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडयिो भनेर प्रश्न गरेका छन्। उनको प्रश्न छ, अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त ?
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् जसमा जसपाकै महन्थ ठाकुर पक्षका १० जनासहित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन्। मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन्। एमालेबाट विष्णु पौडेल, रघुवीर महासेठ, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठ मन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छिन्।




लोकपाटी न्यूज

