डा. गोविन्द केसीमाथि शङ्का छ : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

तेह्रथुम, माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकको अधिकारसहित विकास गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले यही माघ १५ गतेदेखि मुलुकभर सञ्चालन गरिरहेकोे ‘असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद यात्रा’ कार्यक्रमलाई म्याङलुङमा सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागितासहितको राजनीतिलाई सबै नागरिकको विकासका लागि उपयोग गर्न जोड दिए ।

डा. भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेशाको रुपमा लिएर विकृतिको विकास गरेको आरोप लगाउँदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोका रूपमा संस्थागत गर्नुपर्ने बताए । डा. भट्टराईले वर्तमान परिवेशमा डा. गोविन्द केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकामा भने शङ्का व्यक्त गरे ।

विकासले नागरिकलाई विस्थापित गर्न नहुँने बताउँदै यसो भएमा राज्यले उचित मुआब्जासमेत पाउनुपर्नेमा जोड दिँदै विकासलाई नागरिकको सम्पतिको रूपमा लिन सरोकारवालालाई आग्रह गरे । मेचीकाली अभियानमा नेता भट्टराईको साथमा नेतृ हिसिला यमी तथा पार्टीका अन्य केन्द्रीय कमिटीका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्