काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि जसपाका केही नेताहरू बालुवाटार पुगेका हुन्।
अध्यक्ष ठाकुर, महतोसहित लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरू ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। मधेस आन्दोलनसँग सम्बन्धित मुद्दा र सरकारमा सहभागी हुने लगायत विषयबारे छलफलका लागि नेताहरू बालुवाटार गरेका जसपाका एक नेताले जानकारी दिए।
जसपाका नेताहरू बिहीबार दिउँसो करिब २ बजेतिर बालुवाटार पुगेका हुन्। ‘बिहीबार मन्त्रिपरिषद् बैठक समेत बस्ने भएकाले मुद्दा फिर्ताको एजेन्डाबारे छलफल गर्न नेताहरू बालुवाटार पुग्नुभएको छ,’ जसपाको ठाकुर-महतो पक्षका एक नेताले भने।



लोकपाटी न्यूज

