नेपाल समूहले बाेलायाे केन्द्रिय समितिकाे बैठक

लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार कोभिड-१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ।बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ।

अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए। ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्