कोभिड र केपी दुवै देशका लागि महामारी हुन् : सांसद राणा

Birbahadur_Rana
लोकपाटी न्यूज

रुपन्देही। नेपाली काँग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ। काँग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले आजको प्रदेशसभाको बैठकमा अल्पमतमा परेको सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिन वा मार्ग प्रशस्त गर्न माग गरेका हुन्।

संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्रीमा नियुक्त भए पनि सरकार सोही धाराको २ जस्तो देखिएको बताउँदै भने, ‘राष्ट्रियसभाको नतिजाले पनि प्रदेश सरकार अल्पमतमा रहेको पुष्टि भएको छ। आज ३० दिन पुगेको छ। कि उहाँले विश्वासको मत लिनुपर्छ। नभए उहाँले अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

यस्तै, प्रदेशसभा बैठकमा सांसद वीरबहादुर राणाले मुख्यमन्त्री पोखरेलले आफ्नो पदमा मात्र ध्यान दिएर जनताका काम गर्न छोडेको बताए। नेता राणाले बहुमत गुमाएको सरकारले पदमा मात्रै बस्नको निम्ति विभिन्न जालसाँझी गरेको आरोप लगाए। उनले देशमा दुई प्रकारको महामारी लागेको बताए। पहिलो- कोभिड १९, दोस्रो- केपी ओलीको असंवैधानिक कामको महामारी लागेको उनको भनाई छ।