काठमाडौं। नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सचिव योगेश भट्टराईबीच छलफल भएको छ। दुई नेताबीच उपप्रधानमन्त्री पोखरेलको कार्यकक्ष सिंहदरबारमा छलफल भएको हो।
पार्टी एकता जोगाउने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ। एमालेले आज अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षका ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गरेको र थप १२ जनालाई पनि निष्कासन गर्नका लागि बैठक आह्वान गरेको पृष्ठभूमिमा दुई नेताबीच छलफल भएको हो।
आफूहरु नेताहरुसँग संवादमा नै रहेको नेता सुवास नेम्वाङले जानकारी दिए। विभन्न नेताहरुसँग पार्टी एकता जोगाउने विषयमा छलफल चलिरहेको उनको भनाइ छ। यसअघि मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय गरेको थियो। पछिल्लो समय एमालेको एकता कायम राख्न दुवै पक्षका दोस्रो तहका नेताहरू सघन छलफलमा जुटेका छन्।



लोकपाटी न्यूज

