एमाले स्थायी समिति बैठक बस्दै, के छन् एजेण्डा ?

uml
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलबारेमा छलफल हुने र थप रणनीति बनाउने बुझिएको छ।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी रहेको स्रोतले जनाएको छ। यसअघि मङ्गलवार पनि स्थायी समिति बैठक बसेको थियो। उक्त बैठकले कारबाहीका विषयमा केही निर्णय लिएन। बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए।

पछिल्लो समय एमालेको एकता कायम राख्न दुवै पक्षका दोस्रो तहका नेताहरू सघन छलफलमा जुटेका छन्। एमालेले यसअघि माधवकुमार नेपालसहित ११ नेतालाई कारबाही गरेको थियो भने १२ नेतालाई स्पष्टीकरण सोधेको थियो।