पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाले जिते काेराेना संक्रमण

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौँ। नेपालमा थप ४७६२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४१७८ र एन्टीजेन परिक्षणबाट ५८४ गरि कुल ४७६२ जना संक्रमित थपिएको जानकारी दिएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना निको हुने प्रतिशत ७९.७ रहेको मन्त्रालयले जनाएको छ। देशभर अहिले ६८९ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १५ हजार ५५ पिसिआर परिक्षण भएको छ। नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ६ हजार ४७० पुगेका छन्। त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ३३८ जना रहेका छन् भने होम आइसोलेसनमा ९९ हजार १३२ रहेका छन्।

त्यस्तै अहिले नेपालमा १४९२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४२४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३८६ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्