कांग्रेस संसदीय दलको बैठक जारी

ran_rawal
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक अहिले बसिरहेको छ।

आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो।

बैठकमा गत शुक्रबार प्रदेश सरकारले विस्तार गरेको मन्त्रिमण्डल, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए।