लगातार ओरालाे लाग्दै बिट्क्वाइनकाे मूल्य

लोकपाटी न्यूज

काठमाडौं। बिट्क्वाइनसँगै इथेरियम, कार्डानो, डोजक्वाइनलगायतका अन्य क्रिप्टोकरेन्सीहरूको मूल्य लगातार ओरालो लागेको छ। लगातार ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा केही साना क्वाइनले भने फाइदा कमाएका छन्।

दुबई क्वाइन मात्रै पछिल्लो २४ घण्टामा १,००० प्रतिशत भन्दा धेरैले बढेको छ। तर, क्रिप्टोकरेन्सीमा सबैभन्दा धेरै लगानी भएको बिट्क्वाइन पछिल्लो २४ घण्टामा ४.८४ प्रतिशतले घटेर ३३ हजार ४९० अमेरिकी डलरसम्म पुगेको छ। त्यस्तै इथेरियमको मुल्य २ हजार ३३६ अमेरिकी डलरमा झरेको छ। कार्डानो १.५४ डलर तथा डोजक्वाइन ३० सेन्ट प्रतिक्वाइनमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्