२ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। आइतबार सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो।

गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ५०० रुपैयाँ पुगेको छ। यता चाँदी भने गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्