शिखर इन्स्योरेन्सकाे बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

लोकपाटी न्यूज

काठमाडाैँ। शिखर इन्स्योरेन्सले २७.७६९ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।

इन्स्योरेन्सले २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो बोनस शेयर जम्मा गरेको हो। अन्य लगानीकर्ताहरुको बोनस शेयर पनि खातामा नै जम्मा गरिने व्यवस्था भएकोले हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन इन्स्योरेन्सले अनुरोध गरेको छ। २०७७ चैत ९ गते सम्पन्न इन्स्योरेन्सको १५ औँ र १६ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

इन्स्योरेन्सको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्