काठमाडाैँ। बजेट भाषणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण नीजि क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भएपनि अधिकांश मागहरु सम्बोधन भएको बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताए। कोभिड १९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अन्य केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको प्रति उनले खुशी व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको उनले बताए।



लोकपाटी न्यूज
