आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने सरकारकाे अनुमान

bujet
लोकपाटी न्यूज

काठमाडाैँ। सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरेको छ।

कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए।  साथै, आगामी आर्थिक वर्षको मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित हुने सरकारको अनुमान छ।

कोभिड नियन्त्रणमा छिट्टै सफलता मिल्ने, शीघ्र आर्थिक पुनरुत्थान हुने र आर्थिक गतिविधि लयमा फर्कने भन्दै सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको हो।

सरकारले लिएको कोभिड नियन्त्रण, रोकथाम तथा उपचार, आर्थिक पुनरुत्थान र अर्थतन्त्र चलायमान  बनाउने सरकारी नीति तथा कार्यक्रमले यो लक्ष्य हासिल हुने पोडेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्