काँग्रेसद्वारा संसद् अवरुद्ध

Nepali congress
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् र सरकारका केही काम कारवाहीलाई लिएर सङ्घीय संसद्मा गर्दै आएको अवरोध कायमै राख्ने जनाएको छ ।

काँग्रेस संसदीय दलको बिहीबार राजधानीमा बसेको बैठकले विधेयक पारित गर्दा संसद्मा शक्ति प्रयोग गरिएको, चिकित्सा शिक्षा विधेयक सदनमा छलफल नगरी पारित प्रक्रिया अघि बढाइएको, अनशनरत डा. गोविन्द केसीका माग सम्बोधनमा कुनै सुनुवाइ नभएको भन्दै विरोध कायमै राख्ने निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रमूख सचेतक बालकृष्ण खाँणले सदन सञ्चालनमा संसदीय मर्यादा उल्लङ्घन भएको र राष्ट्रिय मुद्दा सुनुवाइमा सरकार गम्भीर नभएको भन्दै सदन सञ्चालन गर्न काङ्ग्रेसले सहयोग गर्न नसक्ने बताए ।

काँग्रेसको निर्णयअनुसार नै चिकित्सा शिक्षा विधेयकलाई लिएर विरोध गर्दै संसद् अवरुद्ध गरेको छ । काँग्रेसका सांसदहरु उठेर आजको बैठक अवरुद्ध गरेका हुन् । 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्