काठमाडौं। वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले विवेकशील साझा पार्टीका नेता उज्जल थापाको सम्पूर्ण उपचार खर्च आफैं व्यहोर्ने घोषणा गरेका छन् । शनिबार विज्ञप्ती जारी गर्दै प्रसाइँले यस्तो घोषणा गरेका हुन्।
वि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा विवेकशील साझा पार्टीले विरोध गर्दै आएको छ। त्यसमा नेता थापा फ्रन्टलाइनमा रहेर विरोध गर्दै आएका छन्। कोरोनाको कारण थापा अहिले भेन्टिलेटरमा छन्। उनको उपचारका लागि सहयोग संकलन भइरहेको अवस्थामा प्रसाइँले यस्तो घोषणा गरेका हुन्।




लोकपाटी न्यूज

