काठमाडौं । भरतपुरको वीरेन्द्र क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले नेविसंघ देशभरिबाट क्लिन स्वीप हुने डरले स्ववियू निर्वाचनबाट भाग्न खोजेको बताएका छन् ।
अखिल क्रान्तिकारी र अनेरास्ववियू जिल्ला समिति चितवनले संयुक्त रुपमा आयोजित कार्यक्रममा गौतमले भने, ‘एजेण्डाबिहीन कांग्रेस गोविन्द केसी बोकेर हिडिरहेको छ । त्यसकै भातृ संगठन नेविसंघ त्रिभूवन विश्वविद्यालयले घोषणा गरेको स्ववियू निर्वाचनबाट भाग्न खोज्दैछ । अहिले गरिएको आन्दोलन त्यसैका लागि हो ।’
कार्यक्रममा अनेरास्ववियूका उपाध्यक्ष रश्मि आचार्यले लोकतान्त्रिक प्रक्रियाबाट नेविसंघ उम्किन नसक्ने बताए । आचार्यले भने, ‘तोकिएकै मितिमा स्ववियू चुनाव हुन्छ । नेविसंघको आन्दोलनले चुनाव रोकिँदैन । हामीले हरहालतमा चुनाव गराएरै छोड्छौं ।’



लाेकपाटी न्यूज

