ओलीकाे कदमविरुद्ध एक हुन माधव नेपाल समूहकाे आव्हान

लोकपाटी न्यूज

काठमाडौँ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट निष्कासनमा परेका नेकपा एमालेका माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यहरूले ओलीको आफूहरुमाथिको कारवाही निरंकुश र प्रतिगामी भएको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध होमिन नागरिकलाई आव्हान गरेका छन्।

ओलीले गत जेठ ८ गते संसद् विघटन गरेपछि कांग्रेस, माओवादी, जसपा, राजमोलगायतका दलसँग सम्बद्ध विपक्षी एमाले ओली पदबाट हट्नुपर्ने अडानमा छ। यसअघि गत सोमबार बसेको सत्तासिन एमालेको स्थायी कमिटी बैठकले खनाल-नेपाललगायतका ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो।

उनीहरुले बुधबार संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गरी ओली कदमविरुद्ध एक हुन नागरिकलाई आव्हान गरेका हुन्।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/05/UML-Joint-Statement.pdf”]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्