काठमाडौं। साताको तेस्रो कारोबार दिन चार ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ।
यो दिन गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइम इन्स्योरेन्स, प्रोग्रसिप फाइनान्स र चिलिमे हाइड्रोपावरको शेयरमूल्यमा गिरावट आएको हो। चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी गुराँस लाइफ एन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९६ प्रतिशतले घटेको हो। कम्पनीकको शेयरमूल्य प्रतिकित्ता ८८२ मा झरेको हो।
प्राइम लाइम इन्स्योरेन्सको शेयरमूल्य ४ दशमलव ९४ प्रतिशत, प्रोग्रसिप फाइनान्सको ४ दशमलव ८१ प्रतिशत र चिलिमे हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ६० प्रतिशत ले घटेको हो। प्राइम लाइम इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ७७०, प्रोग्रसीप फाइनान्सको २५७ र चिलिमे हाईडोको ६६४ कायम भएको छ। ती चार ओटै कम्पनीको शेयरमूल्य केहि दिन यता सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो।



लोकपाटी न्यूज
