भक्तपुर। भक्तपुरका विभिन्न पाँच राजनैतिक दलको सँयुक्त बैठकले प्रधानमन्त्री केपि ओलि र राष्ट्रपति बिद्या भण्डारीको असंबैधानिक कदम तथा प्रतिगमन भाग २ को भत्सना गरेको छ। सोमबार बसेको बैठकपछि विज्ञप्ती जारी गर्दै ५ दलले विश्वासको मत लिन सक्दिन भनि नयाँ सरकारको गठनका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने प्रधानमन्त्री कठपुतली एंब प्रधानमन्त्रीको निजी सचिवालयको रुपमा कार्य गरेको पनि आरोप लगाइएको छ।
विज्ञप्तीमा भनिएको छ, मध्यरातमा हठात संसद विघटन गर्ने कार्यले वर्तमान सरकार अधिनायकबाद र निरंकुशताका साथ अघि बढेको प्रष्ट हुन्छ। प्रधानमन्त्री र राष्ट्रपतिको कार्य लोकतानित्रक गणतन्त्र र जनआन्दोलनबाट प्राप्त उपलब्धी बिरोधी गतिविधी रहेको पनि बैठकको ठहर छ। त्यस्तै बैठकले कोभिड १९ का बिरामिहरुलाइ राजनैतिक दलको तर्फबाट सकेको सहयोग र सहजीकरण गर्ने, प्रत्येक दलबाट २ जना रहने गरि जिल्ला स्तरीय समयन्त्र निर्माण गर्ने र ४ वटै नगरमा पनि सम्यन्त्र निर्माण गर्ने, प्रत्यक्ष वडामा सार्बजनिक स्थलमा प्रतिगमनको बिरोधमा कालो र अपिल राख्ने, कोभिड बिरुद्धको सहज उपचारको माग गर्दै र असंबैधानिक कदमको बिरोध गर्न १३ गते बेलुका ७ बजे आ आफ्नो घरको कौसी वा झ्यालबाट रितो थाल बजाउने, सामाजिक सन्जाल मार्फत अन्तरक्रिया गर्दै प्रतिगमन बिरुद्द जनमत बढाउने लगायतकाे निर्णय गरेकाे छ।
बैठकमा भत्तपुरका ५ प्रमूख पार्टीका सभापति तथा अध्यक्षहरुकाे उपस्थिती रहेकाे थियाे। बैठकमा नेपाली काङ्ग्रेस उपसभापति हरिप्रसाद नेपाल, माओवादी केन्द्र अध्यक्ष डिपी ढकाल, नेकपा एमाले अध्यक्ष रजन केसी, जसपा अध्यक्ष श्याम शिल्पकार, राष्ट्रिय जनमोर्चा अध्यक्ष शिवहरी खनालको उपस्थिती रहेको थियो।





लोकपाटी न्यूज

