सुनचाँदीकाे भाउ फेरी बढ्याे, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। सुनको भाउ पुनः बढेको छ। सोमबार सुन र चाँदीको भाउ बढेको हो। सुन तोलामा सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ ९३ हजार ७ सय कायम गरेको छ। आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको महासंघले जनाएको छ। आइतबार तोलाको ५ सय रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले नै बढेको छ। महासंघले चाँदीको मूल्य तोलाको १३ सय ५० कायम गरेको छ। आइतबार तोलाको १३ सय ४५ रुपैयाँ कायम गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्