एजेन्सी । अमेरिकी विशाल प्रविधि कम्पनी एप्पलले आइफोनको मूल्य घटाउने भएको छ ।
व्यापार घाटालाई पूर्ति गर्नका लागि आइफोनको मूल्य घटाउने तयारी गरिरहेकोे एप्पल कम्पनीका प्रमुख टिम कुकले जानकारी दिएका छन् । तर, आइफोनको मूल्य विश्वभर नघटेर तोकिएका स्थानमा मात्र घट्नेछ ।
कम्पनीको पछिल्लो तथ्यांकमा अनुमान गरिएभन्दा एप्पलको नाफामा १५ प्रतिशतले कमी आएको देखिएको छ । जसको मुख्य कारण आइफोन विक्रि कम हुनु रहेको जनाइएको छ । सोही कारण एप्पल आइफोनको मूल्य घटाउने पक्षमा पुगेको जनाइएको छ ।
एप्पलले गतवर्ष ८४ दशमलब ३ अर्ब डलर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वर्षको अन्त्यसम्म लक्ष्यभन्दा ५ प्रतिशतले राजस्वमा कमी भयो ।
चीनसँगको व्यापार युद्धका कारण पनि एप्पलले व्यापार घाटा व्यहोरेको बताइएको छ । किनभने एप्पलले गर्ने फाइदाको एक चौथाईमा चीनको हात थियो । चिनियाँ बजारमा एप्पलका सामाग्री खुबै रुचाइएको थियो ।
तर, अमेरिका र चीनबीच गतवर्ष देखि व्यापार युद्ध सुरुभएपछि चीनले एप्पलसँग कारोवार बन्द गरिदियो ।



लाेकपाटी न्यूज

