काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश ७८ को नाममा मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरेर निरंकुशता थोपार्ने तयारी भएको टिप्पणी गरेका छन्।
पोखरेलले स्वास्थ्य संकटकाल लगाएर निरंकुशता थोपार्ने तयारी भएकाले सावधान हुन सबैलाई आग्रह गरेका छन्। उनले प्रतिगमनलाई परास्त गर्न सबै प्रजातान्त्रिक पार्टीहरू र नागरिक समाजबीच एकताको आवश्यकता रहेको पनि बताए।
‘राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रकारी योजनामा मध्यरातमा थोपरिएको प्रतिगमनलाई परास्त गर्न सबै प्रजातान्त्रिक पार्टीहरू र नागरिक समाजको एकता आवश्यकता छ,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश ७८ को नाममा मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरी निरंकुशता थोपर्ने तयारी हुँदैछ! सावधान।’



लोकपाटी न्यूज

