प्रथम ‘औद्योगिक व्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सव’ हुने

Mela01
लाेकपाटी न्यूज

नवलपरासी, १६ माघ । पश्चिम नवलपरासीमा ‘औद्योगिक व्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सव २०७५’ हुने भएको छ ।

पहिलो पटक आयोजना गर्न लागिएको महोत्सव यही माघ १७ देखि २८ गतेसम्म को सुनवल नगरपालिका-१२ बडेरास्थित रङ्गशालामा सञ्चालन हुने भएको हो ।

उद्योग वाणिज्य संघ सुनवल र राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको संयुक्त आयोजना र नेपाल पर्यटन पत्रकार महासंघ नवलपरासी सहयोगी रहेको महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मेलामा विभिन्न जातजातिका परम्परागत घरहरु, सांस्कृतिक कार्यक्रम तथा खानाका परिकार, स्वदेशी तथा विदेशी वस्तुहरुको व्यापार, मौलिक लिङ्गे पिङ, चर्खे पिङ, रोटे पिङ, घोडा, उट सवार, डुङ्गा सयर, हेलिकप्टरबाट नवलपरासीको अवलोकन, भलिबल प्रतियोगिता, व्यवसायिक स्टल तथा सूचना प्रविधिको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति आकर्षणका रुपमा रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्