काठमाडाैँ। सजपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको धारा ७६ को उपधारा २ र ३ मा पराजित भएको प्रधानमन्त्रीले उपधारा ५ मा दाबी गर्न नमिल्ने बताएका छन्। नयाँ सरकारका लागि मार्गप्रशस्त गरेका ओली फेरि राष्ट्रपतिसमक्ष १५३ सांसदको साथ रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
उनले धारा ७६ (५)को मर्म ‘कुनै सदस्य’ हुने र धारा ७६ (२)को मर्म ‘दुई वा दुईभन्दा बढी दल’ भन्ने हुन तर्क गरेका छन्। धारा ७६ (५)मा कुनै एक सदस्यले दाबी गर्न सक्ने र अन्य सदस्यले नै समर्थन गर्ने प्रावधान भएकाले दलको पत्र होइन सदस्यको हस्ताक्षर प्रमाण हुने उनको जिकिर छ।
धारा७६(५)को गुदी“कुनै सदस्य”हो भने धारा७६(२)को गुदी“दुइ वा दुइ भन्दा बढी दल”हो।अर्थात् धारा७६(५)मा कुनै सदस्यले दावी गर्ने हो र सदस्यले नै समर्थन गर्ने हो!अत:यहाॅ दलको पत्र हैन सदस्यको हस्ताक्षर प्रमाण हो।अर्को कुरा,उपधारा(२) र (३)मा पराजित प्रमले(५)मा दावी गर्नैमिल्दैन!झेल नगर! pic.twitter.com/mobKX5i8h7
— Baburam Bhattarai (@brb1954) May 21, 2021



लोकपाटी न्यूज

