काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाल समूहले विपक्षी गठबन्धनलाई साथ दिएको हो।
नेपाल समूहको साथ पाएपछि सभापति देउवा १४९ सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास प्रस्थान पुगेका छन्। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल पक्षका २७ सांसदले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर रहेको बताए।
शुक्रवार देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरू २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अनुपस्थित थिए। विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्ने यी हुन् एमालेका २७ सांसदः
झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी,मुकुन्द न्यौपाने



लोकपाटी न्यूज

