सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडाैँ। शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन बिहहीबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा झरेको छ। अघिल्ले दिन बिहीबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्