काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानमाथि घोर जालसाजी गरेको बताएका छन्। काँग्रेस पदाधिकारी बैठकबाट बाहिरिँदै पौडेलले प्रधानमन्त्रीले राजीनामा नगरी थेरै समय दिएर सरकार गठनका लागि समय दिनु गम्भीर भएको बताएका हुन्।
‘यसविरुद्धमा एक भएर उभिन्छौं। संविधान बचाउनका लागि सबै पार्टीसँग कुरा गर्छौं र ठोस कदम चाल्छौं,’ उनले भने। पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाजी गरेको र काँग्रेसले यसको निन्दा गरेको स्मरण गराउँदै त्यसमा आवश्यक कारबाहीको लागि हामी अगाडि बढ्ने बताए।
‘राष्ट्रपति र प्रधानमन्त्रीले जुन किसिमको आह्वान गर्नुभयो। प्रधानमन्त्रीले राजीनामा गरेको छैन। प्रधानमन्त्री अपदस्थ भएको छैन। प्रधानमन्त्री हुँदाहुँदै अर्को प्रधानमन्त्रीका लागि थोरै समय दिएर अर्को प्रधानमन्त्रीको लागि आह्वान गरिएको थियो भन्ने पार्नलाई जुन जालसाजी भइरहेको छ, यो संविधानमाथि जालसाजी भएको छ। नेपाली काँग्रेस यसको विरुद्धमा एक मत भएर उभिन्छ,’ उनले भने।



लोकपाटी न्यूज

