काठमाडौं। मन्त्रिपरिषद् बैठकले ९ जेठका लागि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले पुनः विश्वासको मत नलिने बताएको स्रोतले जनाएको छ। विश्वासको मत लिनुभन्दा संविधानको धारा ७६ (५) अन्तर्गतको सरकारका लागि मार्गप्रशस्त गर्ने प्रधानमन्त्री ओलीले बताएका छन्।
अहिले उनी धारा ७६ (३) अन्तर्गत अल्पमतका प्रधानमन्त्री हुन्। विश्वासको मत पनि नलिने र राजिनामा पनि नदिने प्रधानमन्त्रीको भनाइले संविधानको धारा ७६ (५) अनुसारको अर्को सरकार गठनका लागि कसरी मार्गप्रशस्त हुन्छ भन्नेबारे स्पष्ट खुलाइएको छैन।



लोकपाटी न्यूज

