सुनकाे मूल्य ४ सयले बढ्याे, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। निषेधाज्ञाका कारण बजार बन्द रहेर कारोबार ठप्प भएका बेला पनि सुनको मूल्यमा बढोत्तरी भएको छ। बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार १ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ भएको महासंघले जनाएको छ। बुधबार १० रुपैयाँ बढ्दा प्रतितोला १३ सय ७० रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन। बिहीबार सुन प्रतिऔंस १८७५.५२ डलर र चाँदी प्रतिऔंस २७.७७ डलरमा कारोबार भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्