काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड–१९ का बारेमा विज्ञ तथा चिकित्सकहरुसँग छलफल गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा अध्यक्ष प्रचण्डले कोरोना रोकथाम तथा नियन्त्रणबारे चिकित्सकसँग परामर्श गर्दै आवश्यक सल्लाह सुझाव मागेका छन्। उनले कोरोना रोकथामका लागि पार्टीको तर्फबाट गर्न सकिने कामका बारेमा सुझाव मागेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ।
चिकित्सकहरुसँग परामर्शपछि भोली विहिबार कोभिड–१९बाट परेको प्रभावलाई न्युनिकरणका लागी विभिन्न पार्टीले विभिन्न योजना तथा कार्यक्रमहरु घोषणा गर्ने भएको छ। माओवादी केन्द्रले महामारीको ?पमा फैलिरहेको कोभिड १९ ले पारेको प्रभाव र त्यसबाट सर्वसाधरण जनताम परेको प्रभावलाई न्यूनिकरण गर्न अभियान सुरु गर्न लागेको हो। अन्य पार्टी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मौन बसेका बेला माओवादी केन्द्रले रोकथामका लागि काम गर्न लागेको हो।
भोली पार्टीको स्थायी समितिको बैठक राख्ने र योजनाह? घोषण गर्ने तयारी गरिएको छ। कोरोना संक्रमण बढ्दै गएको प्रति माओवादी केन्द्रले गंभीरतापूर्वक लिई यसको रोकथाम गर्नका लागि आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जनाइएको छ। अध्यक्ष प्रचण्डको नेतृत्वमा विशेष योजनाहरु सार्वजनिक गर्दै त्यसको कार्यान्वनलाई तत्काल अगाडि बढाइने जनाइएको छ।
नेपालका यतिबेला कोरणा संक्रमण उच्च बिन्दूमा पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। यस्तै ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले बताएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ।



लोकपाटी न्यूज

