जेठ २० सम्म परीक्षा लिइसक्न काठमाडाैँ महानगरपालिकाकाे निर्देशन

लोकपाटी न्यूज

काठमाडाैँ। काठमाडौं महानगरपालिकाले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ। महानगरभित्रका सबै विद्यालयहरुले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्याङ्कन प्रणाली अपनाएर लिन निर्देशन दिइएको छ। महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमार्फत यस्तो  निर्देशन आएको हो ।

अनलाइन, टेलिफोन, अफलाइन, इमेलबाट पठाइ लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न निर्देशन दिइएको छ। यस्तै जेठ २० गतेभित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको छ। साथै कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा छिट्टै सूचना दिइने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्