काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समिति बैठकबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ति जारी गरेर बैठक नडाकिएको स्पष्ट पारेका हुन्।
‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि विपक्षी नेपाली कांग्रेस र माओवादीलाई समर्थन गर्ने भन्नेमा विवाद छ। पार्टीको अध्यक्ष उपेन्द्र यादव समूहका कार्यकारिणी समितिका सदस्यहरू अहिले पार्टी कार्यालय बालकुमारीमा छलफल गरिरहेका छन्।




लोकपाटी न्यूज

