काठमाडाैँ। नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ। सिंहदरबारमा आज भएको दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए।
त्यस्तै कार्यदललाई पूर्णता दिन अध्यक्ष केपी ओली र माधव नेपाललाई जिम्मेवारी दिएको बताए। कार्यदललाई पूर्णता दिएसँगै अर्को चाडै बस्ने नेता रावलको भनाई छ। बैठक सकारात्मक र सौहार्दपूर्ण रुपमा भएको नेता रघु पन्तले जानकारी दिए।
वार्ता सुरु हुनुभन्दा अघि पनि अध्यक्ष ओली निकै हर्षित मुद्रामा बैठक हलमा छिरेका थिए र सकिएपछि बाहिरिँदा प्रधानमन्त्रीका कार्यालयअगाडि पत्रकारहरुलाई हात हल्लाउँदै गाडी चढेर फर्केका थिए।
झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए। माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ। बैठक अघि अध्यक्ष ओलीले आफूपक्षीय नेतासँग सिंहदरबारमा छुट्टै छलफल गरेका थिए।



लोकपाटी न्यूज

