काठमाडौं। नेकपा एमालेको असन्तुष्ट खनाल-नेपाल पक्षका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाए लगत्तै भट्टराईले बधाई ज्ञापन गरेका हुन्।
प्रधानमन्त्री ओलीले शपथ खाइरहेको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भट्टराईले ओलीलाई बधाई दिएका हुन्। ओलीको चर्को आलोचना र टिप्पणीमा उत्रने नेपाल पक्ष हिजो ओली र नेपालबीच समझदारी भएपछि भने केही शान्त बनेको छ।




लोकपाटी न्यूज

