निर्मल पौडेल/ पर्वत, ३१ वैशाख। संसारभर छरिएर रहेका नेपालीहरुको गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन आगामी मे महिनाको २९ र ३० तारिखमा हुने भएको छ। हरेक २ वर्षको अन्तरालमा हुने निर्वाचन वर्ष (2021–2023) का लागी आगामी मे महिनाको २९ र ३० तारिखमा हुने भएको हो। अघिल्ला निर्वाचनहरु भन्दा यसपालिको निर्वाचनलाई महत्वका साथ हेरिएको छ।
यसै सन्दर्भमा एनआरएनए अमेरिकाको न्यूयोर्क च्यापटरमा बाग्लुङका युवा समाजसेवी आशिष सापकोटाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उक्त पदमा धौलागिरीका एक्ला र साझा उम्मेदवारका रुपमा सापकोटाले उम्मेदवारी दिएका हुन्। न्यूयोर्कमा रहेका हरेक नेपालीहरुको सुखमा होस् या दुखमा साथ र सहयोग गर्ने गाह्रो अफ्ठ्यारो परेको बेलामा ज्यान समेत त्याग्न तयार हुने निडर,अत्यन्तै इमानदार,मिलनसार समाजिक व्यक्तित्व,उच्च छवी भएका सापकोटालाई सर्वसम्मत रुपमा कोषाध्यक्षमा विजयी गराउनका लागि साझा उम्मेदवारका रुपमा उठाइएको वाल्टिमोरमा रहेका वासु पौडेलले बताए।
पौडेलका अनुसार सापकोटाको जित सुनिश्चित भएको छ। ‘अरुलाइ हेर्यौ पटकपटक न्यूयोर्क च्याप्टरको कोषाध्यक्षमा सापकोटालाई हेरौं एकपटक“ भन्ने मुल नाराका साथ सापकोटा जिताउ अभियानमा अग्रसर भएको पौडेलको भनाइ छ।बागलुङ सेवा समाजमा रहेर लामो समय समाजसेवामा सक्रिय उम्मेदवार सापकोटाले एकपटक आफूलाई अमुल्य मतदान गरि संघको हित र समन्वयमा अग्रसर हुने अवसर दिन सवैमा आग्रह गरेका छन्।
नेपालीका लागि नेपाली, समावेशी, सहमति र सहकार्य अनिवार्य छ सापकोटाले भने “हजुरहरुको अमुल्य मत खेर जान दिने छैन, संघको हितको लागि सदैव लागिरहनेछु, धेरैले जित सुनिश्चित छ भन्नुभएको छ खुशी छु। ‘
चुनावमा हारजित स्वभाविक भएपनि आफूले हार्नका लागि नभई जित्नका लागि उम्मेदवारी दिएको सापकोटाले बताए। उनले फेरि भने “मैले जित्नु भनेको हजुरहरुको जित हुनेछ। सापकोटाले न्यूयोर्कवासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीहरुलाई सम्झदै एकपटक आफूलाई मतदान गर्न विनम्र अनुरोध गरेका छन्। एनआरएनएलाई कुनैपनि राजनैतिक गन्धबाट मुक्त गराउने र साच्चिकै एनआरएनएको गरिमा उच्च बनाउने कार्यमा जिउ ज्यान दिएर अग्रसर हुँदै हरेक आप्रवासी नेपालीको सुखदुःखमा साथ र सहयोगमा हरदम तत्पर रहने सापकोटाले प्रतिबद्धता जनाएका छन्।



लोकपाटी न्यूज

