दीपक मनाङेले लिए सांसदको सपथ

Dipak manange
लाेकपाटी न्यूज

पोखरा, १४ माघ । दिपक मनाङ्गे (राजीव गुरुङ) ले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिए । मनाङे मनाङको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि मनाङे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले भने, ‘९ महिना जेलमा बसेँ, अब केही दिन कुरौं भनेर कुरेको थिएँ ।’ उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए । मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्