देउवा निवासमा बसेको विपक्षी दलहरुको बैठक सकियो

Prachanda-deuwa-upendra
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको विपक्षी दलहरुको बैठक सकिएको छ।देउवा निवासमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो।

प्रचण्ड निटक एक नेताका अनुसार बैठकमा तत्काल बैकल्पिक सरकार गठन नगर्ने र ओली नेतृत्वको सरकारलाई प्रतिपक्षीको भुमिकामा रहेर सघाउने निर्णय भएको छ।

करिब सवा २ घण्टा चलेको छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड कांग्रेस नेताहरु सहभागी रहेका थिए।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल उपस्थित थिए। जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए।