काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षको शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग बिहीबार भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराएका छन्।
बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत् छलफल भएको हो। बैठकमा नेता नेपालले सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन्।
यस्तै नेता नेपालले दिउँसो २ बजे ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्।
नेपालले दिउँसो २ बजे नेपालले ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक डाकेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
२०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ।



लोकपाटी न्यूज

