मेरो उम्मेदवारी फिर्ता हुँदैन : खिमलाल देवकोटा

Khimlal-devkota
लोकपाटी न्यूज

काठमाडौं। बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्। आफूलाई राजनीतिक दलहरुले विश्वास गरेकाले कुनै हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेबुकमार्फत् देवकोटाले आफ्नो उम्मेदवारीबारे पुर्नविचार गर्नु कल्पना बाहिरको कुरा भएको उल्लेख गरेका छन्। देवकोटा कांगे्रस, माओवादी केन्द्र, जसपा र एमालेको नेपाल पक्षका साझा उम्मेदवार हुन्।

एमाले विभाजनउन्मुख हुन लागेको अवस्थामा एमालेले दुईजना राष्ट्रिय सभा सदस्य उम्मेदवार उठाएको थियो। एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री राम बहादुर थापा हुन्।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीको विवाद समाधान गर्ने सहमति भएपछि देवकोटाको उम्मेदवारी के होला भन्ने प्रश्न उठेको थियो।

Capture